नियम २७
कर छूटको प्रमाणपत्र
(१) कुनै कर छूट पाउने व्यक्तिले कर छूटको प्रमाणपत्र माग गर्न विभागमा निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि सो व्यक्तिले कर छुट पाउने देखिएमा विभागले सो व्यक्तिलाई कर छुटको प्रमाणपत्र दिनु पर्नेछ ।